• २०८१ जेष्ठ १४ गते सोमवार

डाेटीमा गलत खाेपका कारण ज्यान गुमाएका ४ परिवारलाई ४० लाख

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६,काठमाडौं।  सरकारले साउन महिनामा मात्रै आर्थिक सहायताका नाममा एक करोडभन्दा बढी रकम वितरण गरेको छ ।

गत साउन ६ र १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भन्दै गृहमन्त्रालयले आर्थिक सहायताका नाममा सो रकम बराबरको आर्थिक सहायता वितरण गरेको हो । जस अन्तर्गत मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहितका १२ जनालाई ५९ लाख रुपैयाँ प्रदान गरेको छ भने गलत खोपका कारण ज्यान गुमाएका डोटी पूर्वी चौकी–५ का ४ जना बालबालिकाको अभिभावकलाई प्रतिपरिवार १० लाखका दरले ४० लाख रुपैयाँ सहायता वितरण गरेको हो ।

दादुराको खोपका कारण २०६८ सालमा डोटीमा ४ जना बालबालिकाको मृत्यु भएको थियो । बालबालिकाको गलत खोपका कारण ज्यान गएपछि सर्वोच्च अदालतले क्षतिपुर्तिवापत् रकम दिन सरकारका नाममा आदेश जारी गरेको थियो । त्यसैगरी, सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको नेतृत्वमा रसिया भ्रमणका लागि ३ लाख १३ हजार ४ सय २५ रुपैयाँ खर्च गरेको छ ।

मन्त्री यादव भने अस्वस्थ भएका कारण रसिया भ्रमणमा जान सकेका थिएनन् । सरकारले साउन महिनामा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि १० लाख र सरकारी, गुठी र सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि ४७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर गरेको छ ।

प्रतिक्रिया दिनुहोस