• २०८१ माघ २६ गते शनिवार

इडेन को शैक्षिक मेला मा ५ देशका कलेज र युनिभर्सिटी का प्रतिनिधि आउने

पढ्न लाग्ने समय : २ मिनेट
  • बिनोद दर्नाल, सुनसरी समाचारदाता

भदौ ६, सुनसरी । विगत ११ बर्ष देखी पूर्वको सुन्दर नगरि धरान रहेको प्रदेश १ मै पुरानो कनस्लटेन्सीका रुपमा परिचित धरानको ईडेन एकेडेमीले अध्ययनको लागि जान चाहने सयौँ बिद्यार्थीहरुको काठमाडौं जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै बैदेशिक अध्ययन को लागी बिदेश जान चाहने बिद्यार्थीहरुलाई धरान मै रहेर सेवा दिदै आइरहेको छ ।

ईडेनले ईडेन एजुकेशन फेयर सञ्चालन गरी बिदेश जान चाहने बिद्यार्थीहरुलाई त्यस देशका कलेज र शिक्षा पद्धतिका बारेमा सहजीकरण गर्दै आएको । यो बर्षपनि फेयर सञ्चालनको अन्तिम तयारीमा जुटेको छ, यो बर्ष भने भाद्र ८ गतेका दिन धरान स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुदैछ भने भाद्र ९ गतेका दिन ईटहरी स्थित दुर्गा पार्टी प्यालेसमा हुने शुक्रवार शैक्षिक मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन मा कन्सल्टेन्सी का अध्यक्ष मोहन तिगेला ले बताएका छन । यस पटकको शैक्षिक मेला विशेष रहेको बताउदै छ किनकि यस मेलामा ५ देश अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा, अमेरिका र भारतका बिभिन्न कलेज तथा युनिभर्सिटी का प्रतिनिधिहरु उपस्थित हुने बाताइएको छ ।

अध्यक्ष तिगेला का अनुसार मेलामा IELTS परिक्षा दिन तयार विद्यार्थीहरुले तत्काल परिक्षाको फारम भर्न सक्नेछ्न । विद्यार्थीहरु आफ्ना शैक्षिक प्रमाणपत्रहरुको साथमा आएको खण्डमा Scholarship सम्बन्धि जानकारी, विश्वविद्यालयको सल्लाह अनुसार परामर्श, यस बाहेक अरु विभिन्न कार्यक्रमहरु पनि रहेका बताएका छन । यो शैक्षिक मेलामा विद्यार्थीले विषयगत रुपमा मिल्ने विद्यार्थी हरुले नेपालमा प्रमुख रुपमा पढाई हुने विषयहरु जस्तै Science, Management, Tourism, Hospitality, Diploma level technical course, Humanities, Engineering, Medical Science, Nursing, आदि समेटिने बाताइएको छ ।

मेला यही भाद्र ८ गतेका दिन धरान स्थित गोर्खा डिपार्टमेन्ट स्टोर र ९ गतेका दिन ईटहरी स्थित दुर्गा पार्टी प्यालेसमा हुने र सम्पूर्ण तयारी सम्पन्न भएको अध्यक्ष तिगेलाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस