• २०८२ बैशाख १६ गते मङ्गलवार

काभ्रे पाचँखालका २ प्रहरीहरु विरूद्ध आज विशेष अदालतमा मुद्दा दर्ता

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काभ्रे । प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने पाँचखाल प्रहरीमा कार्यरत रहेका मोटर साईकलगस्तीमा हिंड्ने प्रहरी कर्मचारीहरू समेतले चेक गर्ने बहानामा दु:ख हैरानी दिंदै  घुसमाग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिईगएको टोलीले प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेलाई घुस  लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरू प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेले सेवाग्राहीलाईट्रिपर रोक्न लगाई बालुवाबाट पानी चुहाएकोले पक्राउ गरी कारवाहीका लागि पठाउने भनी पक्राउ नगर्नका लागि रू.२,०००।–(दुई हजार) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आइ निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको स-प्रमाण पुष्टि भएकोले निजहरूलाई विगो रू.रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (क) बमोजिम जरिवाना र कैदको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस