• २०८१ माघ २६ गते शनिवार

पर्साबाट प्रतिबन्धित २ हजार दरका भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, पर्सा । वीरगंज महानगरपालिका १६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुमारलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थान सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको छ ।

साथै वीरगंज महानगरपालिका १६ ईदगाहा चोकबाट २ हजार दरको नक्कली भारतीय रुपैयाँ ९५ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका २ बस्ने ४८ वर्षीय जमिल अकतर र बहुदरमाई नगरपालिका २ बस्ने ३४ वर्षीय दिलिप कुमार साह रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस