• २०८१ जेष्ठ ७ गते सोमवार

नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक जोशी

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ ।

प्रवक्ता डिआईजी विश्वराज पोखरेल अमेरिकामा हुने एक कार्यक्रममा सहभागि हुन गएपछि जोशीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको हो ।  केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।जोशी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस