- महेन्द्र सिंह, बाँके
भाद्र ६, बाँके । बर्दियाको गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
गेरुवा गाउँपालिका ४ की ५६ बर्षीया रामकली शाहीको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । घर नजिकैको खेतमा घाँस काट्दै गर्दा शाहीलाई बाघले आक्रमण गरेको थियो ।
उहाँको घटनास्थलमै मृत्यु भएको, बर्दिया प्रहरीले जनाएको छ ।