भाद्र ६, काठमाडौं । मोरङ दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका २ बरगाछीस्थित कोसी राजमार्गमा नम्बर नखुलेको ट्याक्टरले स. ८ प. ४३५१ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार महुलीका १८ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको बिराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक सप्तरी शम्भुनाथका २० वर्षीय त्रिभुवन चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा मे. १ च. २००३ नम्बरको एम्बुलेन्स र ना. ५ ख. १९२५ नम्बरको ट्रक शुक्रबार बिहान एक आपसमा ठक्कर खाँदा एम्वुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईलामको ईलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौला रहेको छन् ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार ६ जनालाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ । ट्रक चालक फरार रहेको खोजी र्काय भइरहेको प्रहरीले जानकारी दिनुभयो ।