• २०८१ जेष्ठ ७ गते सोमवार

महिला उद्यमशिलता, सुचना प्रविधी र अनलाईन बजार प्रर्बधन तथा सिप विकास तालिम सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट

भदौ ६, काठमाडौं । स्वयम् सेवी अभियान नेपालद्धारा सञ्चालित महिला उद्यमशिलता, सुचना प्रविधी र अनलाईन बजार प्रर्बधन तथा सिप विकास तालिम कार्यक्रम आज विशेष कार्यक्रम गरि ए.बि पाटि प्यालेसमा समापन भएको छ ।

भदौ १ गते देखि सञ्चालित तालिमको आज काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा सांसद रामविर मानन्धरको प्रमुख आतिध्यमा समापन हुन लागेको हो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, उपमेयर भवानी डोटेल, नेपालका लागि कोरीयन राजदुत park yougsik , जितपुरफेदी महिला कृषि शहकारी संस्था लि को अध्यक्ष शिवकुमारी अर्याल, समाजसेवी विष्ण प्रसाद अर्याल, परशुराम अर्याल, स्वयम् सेवी अभियान नेपालका प्रमुख भुपेन्द्र घिमिरे लगायत महानुभावको उपस्थिती रहेको थियो ।

कोरीया स्थित सामसुङ कम्पनीको सुचना प्रविधी तथा अनलाईन नेटवरकिङ सम्बन्धि ३९ जना विज्ञ कर्मचारी स्वयमसेवकहरु द्धारा तारकेश्वर नगरपालिका वडा नं. २ र ३ का ३० जना महिलाहरुलाई उद्यमशिलता र नेटवरकिङ मार्फत उत्पादनको बजारीकरण विषयमा तालिम आयोजना भएको हो ।

तालिम अवधिमा महिला दिदीबहिनीहरुले नेपाली मौलिकता झल्कने सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सामसुङ कम्पनीका प्रतिनिधीहरु र अन्य महानुभावको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा सामसुङ ग्रुप कोरीयाले जितपुरफेदी महिला सहकारी संस्था लि. लाई १० वटा ल्याकटप प्रदान गरेको छ ।कार्यक्रममा सामसुङ कोरीया ग्रुपले सहकारीको अध्यक्ष शिवकुमारी अर्याललाई ल्यापटप हस्तान्तरण गरेको हो ।

 

यस तालिममा प्रशिक्षार्थी महिलाहरुले उद्यमशिलताको ज्ञान, सुचना प्रविधीको प्रयोग मार्फत उत्पादनको बजारीकरण र सामाजिक संजाल मार्फत नेटवरकिङ विकासको ज्ञान र सिपको विकास गर्ने अवसर प्राप्त गरेको स्वयम सेवी अभियान नेपालका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद घिमिरेले बताउनु भयो । ”भदौ १ देखि आजसम्म सञ्चालित तालिमले हामीलाई धेरै नै उर्जा दिएको छ” कार्यक्रममा सहभागी एक महिलाले बताउनु भयो । कार्यक्रममा बिभिन्न उत्पादित बस्तुहरुको प्रर्दशन पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस