• २०८१ जेष्ठ ९ गते बुधवार

बागलूङू बसपार्कमा लागूऔषधसहित दूइ प्रकाउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, पोखरा । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बागलूङू बसपार्क बाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागूऔषधका ९ पोकासहित बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस