भाद्र ६ काठमाडौँ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले खेलाडीका लागिसमेत भर्ना खोलेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने गरी २५ जना खेलाडी मागेको छ । त्यस्तै प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। यस्तै १९० जना भान्छे र १० जना हजाम र २० जना कुचिकारको पनि माग गरेको छ ।