• २०८१ चैत्र २ गते आइतवार

विप्लवका नवलपरासी जनसरकार प्रमुख समातिए

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीले जनाएको छ । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस