- सागर थापा
भदौ ६, दाङ । नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण वली विभिन्न जिल्लाहरुमा रहेर अपराध अनुसन्धान लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले उत्कृष्ट प्रहरीको रुपमा उनलाई सम्मान गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी निरीक्षक वलीलाई नेपाल प्रहरीको नीति निर्देशन अनुरुप आफूलाई दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तव्यनिष्ट रही पूरा गरेको बताउँदै ५ .नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेश विक्रम शाहले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् । नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुँदा प्रहरी निरीक्षक ओलीलाई कदर स्वरुप २०७६ साल साउन महिनाको उत्कृष्ट प्रहरीका रुपमा घोषणा गरि प्रशांसा पत्र प्रदान गरिएको छ ।
बिभागले जहाँ खटाए पनि आफू जनताको शान्ति सुरक्षा हकहित कानुनमा रहेर काम गर्ने बर्दिया जिल्लामा रहँदा प्रहरी निरीक्षक वली यसअघि विभिन्न घटनाहरुको सफल अनुसन्धान गरेर चर्चामा आएका स्थानीय जनताहरु बताउँछन ।
के भन्छन प्रहरी निरीक्षक वली
आफूलाई उत्कृष्ट प्रहरीको रुपमा घोषण गरि सम्मान गरेकोमा खुसी ब्यक्त गर्दै आफूमा थप जिम्मेवारी थपिएको बताए । उनका अनुसार सर्वसाधरणलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उद्देश्य प्राप्त गर्न सधै लागि रहने बताएका छन् ।