- बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता
भदौ ६, काठमाडौं । नेपाली चलचित्र ‘जाइरा’ आज शुक्रबार बाट देशभर प्रदर्शन मा आउँदैछ । बदलाको कथामा केन्द्रित रहेको आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को टिजर , अफिसियल ट्रेलर र गीत हरु लाई दर्शकहरु ले अत्यधिक मन पराउनु भाको छ । एक्सन भरिएको र रोमान्स ले भरिएको फिल्म २ मिनेट १ सेकेण्ड छोटो ट्रेलर मा देखिएको नम्रता को लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको थियो ।
फिल्मका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । फिल्मको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ । नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । जस्तोसुकै भूमिकामा आफूलाई जीवन्त रुपमा उतार्न सफल अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनी भाद्र ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । यो उनको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ ।
‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ लगायतका लभस्टोरी फिल्ममा सोझी युवतीको भूमिका निभाएकी उनी गत वर्षको हिट फिल्म ‘प्रसाद’ मा विवाहित महिलाको भूमिकामा प्रस्तुत भएकी थिइन् । यसै फिल्ममा समावेस एउटा रोमान्टिक गीत ‘आखै मा बोल्छ ,,,’ बोलको गीतमा रहेको एउटा सिन जहाँ अनुप बिक्रम शाही र नम्रताले मज्जाले किस सिन दिएका छन् । यही किस आफ्नो ब्वाइफ्रेन्डसँग स्वीकृति लिएर गरेको बताएकि छिन् । ‘जाइरा’ मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ ।
अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।‘ सोलो रिलिज पाएको ‘जाइरा’यही भाद्र ६ गते आज बाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।