साउन ७, नवलपरासी । बुटवल-अनैतिक सम्बन्ध राखेको आरोपमा नवलपरासीको बर्दघाटबाट प्रहरीले होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ ।
बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।
होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोइरालासहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।