• २०८१ फाल्गुन २ गते शुक्रवार

जबरजस्ती चन्दा असुल गर्ने तथा आगजनीमा संलग्न २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, म्याग्दी । बेनी नगरपालिका-३ भकिम्ली नयाँपुलबाट स्थानिय तहमा निर्वाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने तथा म्याग्दी जिल्ला स्थित रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमा समेत संलग्न रहेका २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम घर भएका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बाग्लुङ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेका छन् । उनीहरुको साथबाट ध. १ प २१७० नम्बरको मोटरसाइकल र मोवाईल ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस