• २०८१ फाल्गुन २ गते शुक्रवार

महिला पत्रकार माथि गोली प्रहार

पढ्न लाग्ने समय : १ मिनेट

असार ८, नयाँ दिल्ली । महिला पत्रकार माथि गोली प्रहार भएको छ । आइतबार भारतको राजधानी नयाँ दिल्लीमा महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो ।

नकावधारी समुहले पत्रकार मितालीलाई चलाईरहेको कारमा अन्धाधुन्ध गोली प्रहार गर्दा पत्रकार मितालीको हातमा गोली लागेको छ । उनी खतरामुक्त रहेको धर्मशिला अस्पतालले जनाएको छ ।

सन २००८ मा सौम्या विश्वनाथलाई यस्तै तरिकाले कारमा गोली हाने पश्चात भएको महिला पत्रकारमाथीको पछिल्ला आक्रमण प्रहरीले गम्भीरतापूर्वक लिदैं अनुसन्धान बढाएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस