• २०८१ जेष्ठ १० गते बिहिवार

नापी कार्यालय साँखुका नापी सर्वेक्षक र नायव सुब्बा भ्रष्टचार मुद्धामा

पढ्न लाग्ने समय : २ मिनेट

असार ८, काठमाडौं । नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने समेत ३ जना उपर अख्तियार कार्यालयले आरोपपत्र दायर गरिएको छ ।

नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका हुन , विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिई गएको टोलीले नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीलाई सेवाग्राहीसँग रू.१,५०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनिहरुले जग्गा हालसाविक गर्ने कार्यमा नापी कार्यालय, साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र मालपोत कार्यालय साँखुका नायव सुब्बा महेश काफ्लेले घुस मागेका हुन ।

घुस लिने दिने मध्यस्थकर्ता बिष्णु कुमार के.सी.लाई कुराकानी गर्न लगाई उक्त घुस रकम उनिहरुले लिएका हुन ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टी हुन आएकोले निजहरूलाई बिगो रू।१,५०,०००।– ९ एक लाख पचास हजार ० कायम गरी भ्रष्टाचार निवारण एन,२०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम कैद र जरिवाना हुन आरोप पत्रमा दायर गरिएको छ भने मध्यस्तकर्ता बिष्णु कुमार के.सी.ले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको हुँदा उनलाई बिगो रू.१,५०,०००। कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस