असार ८, कैलाली । कैलालीको धनगढीकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्मागाउँ बस्ने २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय विजय चौधरी र धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् ।
उनीहरुले बालिकालाई फकाएर से १ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।