• २०८२ बैशाख ४ गते बिहिवार

५५ वर्षीय हजुरबुबाले गरे १० वर्षीया बालिकालाई यौन दुव्र्यवार

पढ्न लाग्ने समय : २ मिनेट

असार ८ ,घोराही । घोराही उपमहानगरपालिका–२ मा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्षीय मुकेश विक अहिले प्रहरीको हिरासदमा छन् ।

दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो । यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले छ महीना कैद, रु दुई हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नाका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताए ।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका– ११ का महेश भनिने भुवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ ग¥यो । अहिले ती व्यक्ति जबर्जस्ती करणी सम्बन्धी मुद्दामा पूर्पक्षमा छन् ।

सोही अपराधमा घोराही उपमहानगरपालिका– १४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पूर्पक्षमा छन् । एघार वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा छ महीनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ ।

४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए ।

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ ।बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य ९हजुरबुबा, भिजानु र ससुरा०बाटै संलग्न भएको पाइन्छ ।

तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय मानबहादुर गुरुङलाई एक ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिका एक प्रौढलाई आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ ।

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउनथालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफै दोषी हुनुपर्ने अवस्था थियो तर अव समाजमा चेतना बढेको र कानूनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेको महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस