असार ८, काठमाडौं । प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन ।
सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाईदिन्छु भन्दै विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाललाई सेवाग्राहीसँग रू। ७,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस रकम सहित नजिकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।