• २०८१ माघ ८ गते मङ्गलवार

तपाईको आज

पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं.२०७६ साल असार ०८ गते । आईतबार । ईश्वी सन् २०१९ जुन २३ तारिख । नेपाल संवत् ११३९ । आषाढ कृष्णपक्ष । तिथि षष्ठी।काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानका दिएको समयबाट सार्थन नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कर्म प्राप्तिको निम्ति लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । माया प्रेममा सामान्य बिवाद बढ्ने योग रहेकोछ । आफन्त तथा अग्रजहरु सँग बिवाद बढ्न सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई काम गर्न गाह्रो हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ ।

प्रतिक्रिया दिनुहोस