• २०८० असोज ११ गते बिहिवार

मोदीलाई प्रधानमन्त्री ओलीद्वारा बधाई

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ ।

बिहीबार उहाँले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस