• २०८२ जेष्ठ ७ गते मङ्गलवार

मोदीलाई दिए पाकिस्तानी प्रधानमन्त्री इमरानले बधाई

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९ , एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई दिएका छन् । विभिन्न चरणमा भएका लोकसभा चुनावको मतपरिणाम सार्वजनिक हुने क्रममा छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् ।गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो ।

पछिल्लो मतपरिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) एक्लै सरकार बनाउने हैसियतमा आएको छ । उसले झण्डै ३०० सिटमा अग्रता बनाएको छ । उसको नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) मा आवद्ध पार्टी भने झण्डै ३४० सिटमा अगाडि रहेका छ । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन कम्तीमा २७२ सिट आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस