• २०८० असोज ११ गते बिहिवार

अभिनेता सनी देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जिते भारतीय लोकसभा निर्वाचन

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९,नयाँदिल्ली । पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका अभिनेता सनी देओलले भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन्।

पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। उनी भारतीय जनता पार्टीबाट उठेका थिए। त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन्। उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्।

प्रतिक्रिया दिनुहोस