• २०८२ जेष्ठ ७ गते मङ्गलवार

मन्दिर लुट्न आएका ७ जना हातहतियार सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, धनुषा । जनकपुर उपमहानगरपालिका ८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्धेश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रबि मल्लि समेत ७ जनालाई विभिन्न हातहतियार सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपश्वात प्रहरीले जवाफी फायर गर्दा रबि मल्लि घाइते भएका छन् । जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबि मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस