• २०८१ असोज २६ गते शनिवार

दुई झाँक्रीको हत्यामा संलग्न २६ जनालाई कैद फैसला

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ९, धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबका २ जना वृद्ध लामा झाँक्रीलाई सामूहिक रुपमा कुटपिट गरि हत्या गरेको अभियोगमा धादिङ जिल्ल अदालतले २६ जना स्थानीयलाई कैद सजाय सुनाएको छ ।

गाउँमा टुनामुना लगाएर गाउँवासीलाई दुःख दिएको, ६ जना जतिको मृत्युको कारक मान्दै २०७५ साउन ५ गते स्थानीयवासीको कुटपिटका कारण गङ्गाजमुना–२ लताबका ४५ वर्षीय साँइला भन्ने प्लेक तामाङ र ६५ वर्षीय नरुङ तामाङको हत्या भएको थियो। स्थानियहरुले दुई झाँक्रीको हत्या गरी प्रमाण नष्ट गर्न दाहसंस्कार समेत गरेका थिए ।

धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार उनीहरूलाई कैद सजाय सुनाएको हो। उक्त घटनामा संलग्न आरोपित ३० जना मध्य अदालतले चारजना महिलालाई सफाइ दिएको छ।

मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम जन्म कैद सजाय पाउनेमा ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङरहेका छन।

यस्तै ३८ वर्षीय शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई पाँच वर्ष ६ महिना कैद सजाय पाएका छन ।

यस्तै १७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरिएको छ।

स्थानीय कटुवाल ५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा गाउलेहरुलाई भेला गराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले तीन वर्ष ६ महिना कैद तोकिएको छ।

सफाई पाउनेमा सुशीना तामाङ, असारमायाातामाङ, कैसाङ तामाङ र तारस्य तामाङरहेका छन । चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाकी २६ जना पुर्पक्षका लागि थुनामा थिए।

प्रतिक्रिया दिनुहोस