• २०७९ साउन २७ गते शुक्रवार

लामबगरमा टिप्परको ठक्करबाट रसुवाको एक युवकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौँ । काठमाडौंको तारकेश्वरमा टिप्परको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

तारकेश्वर नगरापलिका–११ लामबगरमा बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रसुवाका २७ वर्षीय आकाश तामाङको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ३ जना सवार रहेको मोटरसाइकलमा पछाडि रहेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस