जेठ ९, काठमाडौ । समुदाय प्रहरी तारकेश्वर समितिको बैठक समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको अध्यक्षतामाबुधवार सम्पन्न भएको छ । बैठमा नगर स्तरीय शान्ति सुरक्षाका बिषयमा छलफल गरिएको छ ।
बालाजु प्रहरीका प्रमुख बाल नरसीहं राणाले समदायको सहयोगमा बालाजु प्रहरीले शान्ति शुरक्षामा प्रभावकारी भुमीका खेलेको एवं लेभल बेस अनुसार घटना न्यूनिकरण गर्ने सफल रहेको बताए ।
समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन वडा समितिहरुलाई सक्रिय बनाउन पर्ने एवं जनचेतनामुलक कार्यक्रम गरिनु पर्ने बताए । सोही कार्यक्रम अन्र्तगत बिगतमा तालिम , बिभिन्न बिध्यालयहरुमा अन्र्तक्रिया , नगरभित्रका औषधी ब्यवसायहरुसंग लागु ओषध सम्बन्धि अन्र्तक्रिया समेत सम्पन्न गरेको बताए ।
बुधवार नै बालाजु प्रहरी बृतले टाटेबाघको छाला सहित दुईजना लाई पक्राउ गरेको छ ।