• २०८० मङ्सिर १३ गते बुधवार

बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो

पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ९,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ। सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको नयाँ पत्रिकामा खबर छ । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ। गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ।

तस्वीर नयाँ पत्रिका

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उनको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने कार्यक्रम छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले राष्ट्रपतिको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ।

यो रकमले नगरपालिकाले मञ्च र स्वागतद्वार निर्माण तथा ८० पाहुनालाई खानबस्नको व्यवस्था गरेको छ। राष्ट्रपति सेनाको ब्यारेकमा जाने कार्यक्रम भएकोले सिँढी पनि नगरपालिकाकै खर्चमा बनेको छ। ‘नगरपालिकाले तीन लाख खर्च गरेर सिमेन्ट, बालुवा–गिटी र ढुंगालगायत निर्माण सामग्री व्यवस्था गरिदिएको हो, जनशक्ति भने सेनाकै प्रयोग भएको छ,’ सूचना अधिकारी राईले भने। राईका अनुसार नगरपालिकाले सकेसम्म आफ्नै बजेट र जनशक्ति प्रयोग गरेर विकासका काम गरेको छ।

रातारात सडक पिच भएको देखेर चकित स्थानीय भन्दै थिए, ‘विकास निर्माण हुन त ठूलै मान्छे आउनुपर्ने रहेछ ।’ तर, बुधबार साँझ परेको पानीले पिच मात्र होइन उनीहरूको विश्वास पनि पखालिदियो ।

तीन दिनभित्र भएको विकास निर्माणको काम देखेर ओखलढुंगा सदरमुकामका बासिन्दा चकित थिए। ‘सडकका खाल्डा आधा घन्टामै पुरिए। सरसफाइ र मर्मतलगायत तमाम काम तीन दिनमै फत्ते भए,’ स्थानीय सुविन राजभण्डारीको भनाइ थियो, ‘विकास हुन त ठूला मान्छेहरू जिल्ला आइरहनुपर्ने रहेछ। तर, यस्तो विकास कसरी दिगो होला ?’

तर, उनीहरूको त्यो आशा पनि बुधबार साँझ भ्रममा परिणत भयो जब ओखलढुंगा बजारमा पानी पर्‍यो। बुधबार साँझको पानीले सडकको नयाँ पिच बगाइदियो। सडक जस्ताको तस्तै भएको छ। त्यसो त, सदरमुकामका सडकमा वर्षौँदेखि ठुल्ठूला खाल्डा थिए। ढल व्यवस्थित थिएन। मन्दिर र पार्कहरू फोहोरले कुरूप थिए। तर, राष्ट्रपति आउने भनेपछि रातारात विकासको ‘मूल फुटेको’ थियो।

पानीले पिच पखाले पनि अरू तयारीमा भने नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन। तीन दिनमै बजारक्षेत्र बेहुलीझैँ सिँगारिएको छ। स्वागत ब्यानर र ध्वजापताकाले झिलिमिली पारिएको छ। सडकका

प्रतिक्रिया दिनुहोस