• २०८० असोज ४ गते बिहिवार

रसुवागढी नाकाबाट ७ केजी सुन बरामद

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०,रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै स्याउ लिएर आएको ना ६ ख ९०६८ नम्बरको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।

क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरिएको टिमुरे प्रहरी चौकीले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस