• २०८० चैत्र १६ गते शुक्रवार

धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई समेतद्धारा किर्ते कागज बनाई भष्टचार

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, काठमाडौं । धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा जग्गा लेराउने कर्णबहादुर राई समेत मिली भष्टचार गरेको खुल्न आएको छ ।

जिमिदारी पटुवारीमा रसिद काटी ७ नं. अनुसूची फाराम भरेको फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएको धरान नगरपालिका वडा नं.११ग कि.नं. ३५ र ३६ का जग्गाहरू खगेन्द्रकुमारी गिरीको मृत्युपश्चात हामी हकदारका नाममा नामसारी गर्न बाँकी रहेकै अवस्थामा जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१४ बस्ने कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गरेको र उक्त जग्गा खगेन्द्र कुमारी राईको बनाई कर्णबहादुर राईको नाममा नामसारी गर्ने कार्यमा मालपोत कार्यालय, धरानका अधिकृत फणिन्द्र भट्टराई समेतको मिलेमतो रहेको हुँदा छानबिन गरी कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यस्तो खुल्न आएको हो ।

घरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई समेतको संलग्नतामा सरकारी कागजात सच्याई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस