• २०८१ मङ्सिर २२ गते शनिवार

तरुण दलले जेब्राक्रसमा रङ लगाउने

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले देशैभर सडकमा मेटिएका जेब्राक्रसमा रङ लगाउने भएको छ । जिल्ला समितिलाई निर्देशन दिदैं ‘मेटिएको जेब्रा क्रसिङमा पेन्टिङ सुरू गर्ने सबै जिल्लालाई निर्देशन दिइएको छ ।

नेपाल तरुण दलले भ्रष्टाचार विरूद्ध वैशाख १५ गते देशैभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जनजागरण अभियानमा सक्रियतापूर्वक सरिक हुन तरुण दलका सभापति जीतजंग बस्नेतले तरुणका जिल्ला समितिलाई निर्देशन पठाउँदै भ्रष्टाचारविरूद्ध अभियान गर्ने भनेका छन्। तरुण दलले मालपोत, यातायात, नगरपालिकालगायत सरकारी कार्यालयमा सेवाग्राहीलाई सघाउन पनि निर्देशन दिदैं ‘मालपोत, यातायात, नगरपालिका जस्ता जनसरोकारका कार्यालयमा सेवाग्राहीलाई पर्ने बाधा व्यवधानलाई मध्यनजर गरी सेवाग्राहीलाई सहयोग गर्नेरगराउने,’ महासचिव भुपेन्द्रजंग शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गाउँरनगर समितिलाई जागरुक बनाएर एक महिने सरसफाइ अभियान गर्न पनि आग्रह गरिएको छ। तरुण दलले भ्रष्टाचारविरूद्ध मेची महाकाली अभियान चलाउने भएकोले तयारी अवस्थामा रहन पनि जिल्लाका तरुणलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस