• २०८२ बैशाख १७ गते बुधवार

मोदीसँग चुनाव लड्न प्रियंका तयार

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंकाले यदि आफ्ना दाजुले आग्रह गरेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले बाराणसीमा प्रतिस्पर्धा गर्ने जनाएकी छन् ।

जारी लोकसभा निर्वाचनका क्रममा बायनाडमा आइतबार राहुल गान्धीको चुनाव प्रचारमा बोल्दै प्रियंकाले भनिन्,‘‘यदि राहुल गान्धीले मलाई वाराणसी पठाउनुहुन्छ भने म खुसीका साथ चुनाव लड्न जानेछु ।’’

उनले चुनाव अत्यन्त महत्वपूर्ण हुने र यसले देशको भाग्य फैसला गर्ने जनाउँदै नयाँ भारतको लागि सर्बसाधारणले मत हाल्नुपर्ने जनाएकी छन् । (बीबीसी)

प्रतिक्रिया दिनुहोस