• २०८१ माघ ८ गते मङ्गलवार

काठमाडौं लगायत विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

चैत ९, काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङगाका बाट महोत्तरी गौशाला नगरपालिका ७ घर भएका १४ वर्षीय अन्सु चौधरीलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६५ ट्याव्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.५ ख १२०९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका ३२ कोटेश्वर महादेवस्थानबाट काठमाडौं जडिबुटी बस्ने झापा चन्द्रगढी घर भएका १९ वर्षीय सुशान्त गुरागाँई र सिन्धुली माडी घर भएका १९ वर्षीय रोहित मैनालीलाई नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय २ ट्याव्लेट सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट ललितपुर टिकाथली बस्ने सोलुखुम्बु घर भएका २२ वर्षीय प्रनेश राईलाई नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याव्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही लालबन्दी नगरपालिका १ नवलपुर चोकस्थित सर्लाही हरिवन नगरपालिका ९ बस्ने २७ वर्षीय सन्तोष धमला र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय कृष्ण घलानलाई अवैध लागूऔषध गाँजा करिब ५/५ केजी सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.६१ प ३६२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी चालक धमला र मोटरसाइकलमा सवार घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस