चैत ९ सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार द्धारा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध गलत भएको भन्दै पुनर्विचार गर्न माग गरेका छन् ।
काग्रेसका विभिन्न नेताहरुको विप्लव प्रतिबन्धलाई लिएर फरक–फरक मत आइरहेका बेला दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरा हुने मत व्यक्त गरेका हुन ।
नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको एक वर्ष खेर गएको टिप्पणी गर्दै ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले लिँदा लोकतन्त्र खतरामा परेको दाबी गरे ।
‘उनले भने कुनै पनि समूहलाई दबावमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ’ । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनले आरोप लगाए।