• २०८२ बैशाख ६ गते शनिवार

करदाता सेवा कार्यालय फिदिममा कार्यरत करअधिकृत मानप्रसाद वि.क द्धारा पदको दुरुपयोग भष्टचार गरेको खुलासा

पढ्न लाग्ने समय : ३ मिनेट

चैत ९, पाँचथर । करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत रहेका करअधिकृत मानप्रसाद वि.क.ले पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको खुल्न आएको छ ।

भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत समेत रहेका उनले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकोले कारबाही गरी पाउँ भनी आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानमा हुदा यस्तो देखिन आएको हो । उनले आफू तथा श्रीमती आइतमाली वि.क. समेतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्वन्धमा संकलित तथ्य प्रमाणहरु अध्ययन गर्दा पदको दुरुपयोग गरेको देखिन आएको हो । मानप्रसाद वि.क ले मिति २०६८।६।२२ मा नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति प्राप्त गरेको देखिएका हुन । उनले सो नियुक्ति पूर्व २०६६।१२।१० देखि मिति २०६८।६।२१ सम्म राहत कोटामा श्रीकृष्ण मा.वि. रोल्पामा शिक्षकको रुपमा समेत कार्यरत रहेको देखिँएकोछ । मिति २०६६।१२।१० देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको निजको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती आइतमाली वि।क।को पारिश्रमिक आय¸ जग्गा विक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट निजले जम्मा रु। १¸२७¸६६¸९४५।( ९एक करोड सत्ताइस लाख छयसठ्ठी हजार नौसय पैंतालीस० आय आर्जन गरेको देखिन्छ ।

सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ व्यवसायहरुमा लगानी¸ शैक्षिक खर्च¸ कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा रु ३¸१०¸३४¸७२४। (तीन करोड दश लाख चौंतिस हजार सात सय चौविस) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु १¸२७¸६६¸९४५। को तुलनामा रु। १¸८२¸६७¸७७९। (एक करोड बयासी लाख सत्सठ्ठी हजार सातसय उनासी) बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट उनको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु १¸८२¸६७¸७७९। (एक करोड बयासी लाख सत्सठ्ठी हजार सातसय उनासी) निजले राष्ट्रसेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मानप्रसाद वि।क। उपर विगो रु १¸८२¸६७¸७७९। (एक करोड बयासी लाख सत्सठ्ठी हजार सातसय उनासी) कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९२० बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायको साथै निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको विगो रु। १¸८२¸६७¸७७९। (एक करोड बयासी लाख सडसठ्ठी हजार सातसय उनासी) भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफतसमेत गरी पाउन साथै निज मानप्रसाद वि.क.ले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरू निजकी श्रीमती आइतमाली वि.क.समेतका नाममा जग्गा खरिद र विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेका बैङ्क खाताहरूमा समेत रकम मौज्दात लगायतमा लगानी गरेको पाइएकोले उक्त चलअचल श्रोत नखुलेको सम्पत्ति विगो रू। १¸८२¸६७¸७७९। (एक करोड बयासी लाख सत्सठ्ठी हजार सात सय उनासी) प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आइतमाली वि.क.लाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत¸ काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस