- पंखबहादुर शाही
फागुन ११ दुल्लु दैलेख । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले युद्धको समयमा कतिपय नसोचेको घटना भएकोले यस्ता प्रवृतीका घटनाप्रति आफ्नो गम्भिर ध्यानाकषर्ण भएको बताए । उनले, युद्धको समयमा अनाथमा रुपमा ज्यान गुमाएका ,घाइते , वेपत्ता पारिएका ब्यक्तिहरुको सरकारले भरणपोषण गर्नु पर्नेमा जोड दिए ।
भट्टराईले, सत्य निरुपण मेलमिलाप आयोग र वेपत्ता आयोगले द्धन्दकालका घटनाको छिटो भन्दा छिटो छानविन गगरी दोषीलाई कानुनी दाएरामा ल्याउनु पर्ने जोड दिए ।
फागुन १० गते दैलेख सदरमुका हुँदै ११ गते सनिबार दुल्लू नगरपालिकाले संविधान निर्माणको सोच र हालको अबस्थाका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै तत्कालिन समयमा दैलेखका पूर्णबहादुर भण्डारी लगाएत नेपाली काँग्रेसका नेता र पत्रकार डेकेन्द्र थापाको गरिएको हत्या प्रति दुख व्यक्त गर्दै माफी समेत मागेका छन् । उनले, अव ती दिनहरु बिर्सेर सम्पूर्ण नेपाली एकजुट भएर समृद्ध नेपालको निर्माण गर्नु पर्ने बताए ।
भट्टराईले दुल्लू नगरपालिकालाई साँस्कृति केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए।सो अबसरमा , भ्रष्टचारी ,बलात्कारी र सुन तस्करी लाई सरकारले संरक्षण गरिरहेको उनको आरोप समेत लगाए । ‘सरकारले विभिन्न वाहनामा संविधानले स्थानीय तहलाई दिएको अधिकार खोस्ने काम गरिरहेकोले अहिलेको समयमा सरकार प्रतिगामी र उल्टो दिसा तर्फ हिँडीरहेको उनको भनाइ छ ।’
भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले लोकतन्त्र र संघीयताको रक्षा गर्ने हो भने सरकारले चालेको कदम प्रति प्रतिकार गर्नु पर्ने बताए । देशमा विकास समृद्धि हासिल गर्नको लागि लोकतन्त्रको रक्षा, भष्टचार रोक्नको लागि शुसासन र विकासको लागि महत्वपुर्ण क्षेत्र छुट्याएर सडकलाई प्राथमिकता दिएर वाहृै महिना सडक सञ्चालमा ल्याउन सके मात्र समृद्धि हासिल हुने बताए ।
आफु प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्ग कस्तो अवस्थामा रहेको छ भन्ने आफ्नै आखाँले निहाल्नको लागि यो यात्रा गर्नु परेको उनको भनाई छ । ‘मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौँ भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ डा. भट्टराईले भन्नुभयो ‘सडकको पहुँच बढाएर उद्योग र व्यवसाय संचालन गर्न सके मुलुकको अर्थतन्त्र उकास्नु टेवा पुग्छ उनले भने ।
कार्यक्रममा दुल्लू नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले दुल्लूमा विद्यमान रुपमा रहेको गुठीको समस्यालाई सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र समेत पूर्व प्रधानमन्त्री एवम नयाँशक्ती पाटीका संयोजक डा. बावुराम भट्टराईलाई वुझाए ।
सो अवसरमा नगर प्रमुख भण्डारीले पूर्व प्रधानमन्त्री एवँ नयाँशक्ती पार्टीका संयोजक डा. बावुराम भट्टराई,नयाँ शक्तिकि नेतृ हिसिला यमी ,र कृषि विज्ञ मदन राईलाई दोसल्ला ओडाएर नगरपालिकाको मयाको चिनो समेतप प्रदान गरेका थिए ।
नयाँशक्ति पार्टीको गत माघ १५ गते देखी मध्यपहाडी लोकमार्ग अन्तरगत पूर्व पाँचथरको चुवा भञ्ज्याङवाट सुरु भएको असल राजनिती र समावेसी विकासका लागि जनसंवाद कार्यक्रम अन्तरगर्त शनिवार दुल्लूमा आई पुगेका हुँन ।
यस्तै दुल्लु हुँदै सनिवारनै चामुण्डाविन्द्रासैनी नगरपालिकामा पनि भट्टराईको भव्य स्वागत भएको छ ।