फाल्गुन ११, काठमाडौं । सोभियत संघले सन् १९५७ मा पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदैछ । नयाँ पत्रिकाले छापेको समाचारमा जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले झण्डै डेढ वर्ष लगाएर यो स्याटलाइट तयार पारेका हुन्।
यो नेपालको पहिलो भूउपग्रह बनेको भन्दै वैज्ञानिक मास्केले नेपालका लागि ठूलो उपलब्धी रहेको बताएका छन् । स्याटलाइटले नेपालबाटै तथ्यांक संकलन गर्नेछ । नास्टका उपकुलपति डा सुनीलबाबु श्रेष्ठले यो स्याटलाइटले दशकौंदेखिको सपना पूरा हुन लागेको बताए ।
त्यस्तै नेकपाको एकीकरण कार्यदल भंग शीर्षकको समाचारमा कार्यदल संयोजकले नै काम गर्न सक्दैनौ भनेपछि भंग गर्ने निर्णय भएको उल्लेख छ । बरिष्ठ नेता झलनाथ खनालले सातदिनको समय दिँदा कार्यदल संयोजक तथा बरिष्ठ सदस्यले नै काम गर्न सक्दैनौ भनेपछि त्यसको पुर्नगठन गर्नुभन्दा सचिवालयले नै गर्ने भन्ने निर्णय भएको बताए ।
त्यस्तै एनसेल मुख्यालयमा बम विस्फोट भएको खबर छापिएको छ ।