• २०८१ चैत्र २ गते आइतवार

नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ गते

पढ्न लाग्ने समय : १ मिनेट

पौष , ६ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ । आजको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस