• २०८१ चैत्र ३ गते सोमवार

ललितपुरमा स्कुल बसले किच्दा आफ्नै विद्यार्थीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीमा होलि टेम्पल माध्यमिक विद्यालयको बसले किच्दा आफ्नै विद्यार्थीको मृत्यु भएको छ।

एलकेजीमा पढ्ने ६ वर्षीय नविन घिमिरेको घटनास्थलमै मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।

स्कुलमा विद्यार्थी बोक्न टिकाभैरव-लगनखेल चल्ने बा २ ख ५००९ को बस भाडामा लिएको थियो।

‘गाडी अगाडि नजाने भएपछि पार्क गरेर राखेको मोटरसाइकल सहचालकले हटाउन खोजेको रहेछ’, घटनास्थलमा पुगेका ललितपुरका डिएसपी देवेन्द्र पाण्डेले भने, ‘बस अगाडि बढाउँदा ढोकाबाट विद्यार्थी खस्यो र पछाडिको पाङ्ग्राले किच्दा बालकको मृत्यु भएको हो।’

रामेछापका कोलक बहादुर श्रेष्ठ ललितपुर बस्दै आएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल भैंसीपाटीमा दुवै पक्षका बीचमा छलफल भइरहेको ललितपुर प्रहरी कार्यलयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस