• २०८१ चैत्र २ गते आइतवार

गायक दुर्गेश थापा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । तिहारको अवसर पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादमा आएपछि उनी पक्राउ परेका हुन् ।

गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजूरी परेपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस