कार्तिक ५, काठमाडौं । सन् २०१९ को बालोन डी’ओर अवार्डको खेलाडी मनोनयल सार्वजनिक गरिएको छ । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति ३० जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । ३० सदस्यीय सुचीमा साविक विजेता लुका मोड्रिच अटाएका छैन् ।
क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर मनोनयनको प्रारम्भिक सुचीमा नअट्नु रहस्यमय बनेको छ । मनोनयनमा इङ्लिस क्लब लिभरपुलका सर्वाधिक सात खेलाडी परेका छन् ।
यसैगरी मनोनयनको सुचीमा पाँच पाँच पटकका विजेता युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि समावेश छन् । डच क्लब आयक्सबाट अघिल्लो सिजन खेलेका र यस सिजन छाडेका समेतगरी चार र बार्सिलोनाबाट पनि चार खेलाडी मनोनयनमा छन् । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ । गतबर्ष मोड्रिचले रोनाल्डोलाई मतका आधारमा पछि पार्दै उक्त अवार्ड पहिलो पटक जितेका थिए । विजेताको घोषणा डिसेम्बर २ तारिख पेरिसमा हुनेछ ।