- धर्म सुनार, बाजुरा
असोज ५ बाजुरा । बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडाकि एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेकी हुन् ।
शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी गर्दा आईतबार विहान ९ बजे घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको भेटाएपछि आफन्तले प्रहरीलाई जनाकारी गराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घर नजिकैको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताए । किशोरीले के कारणले झुण्डिएर आत्महत्या गरेको भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको जनाइएको छ ।