• २०८१ चैत्र ३ गते सोमवार

आगामी दिनमा काँक्रावारी उपत्यकाको कर्णालीको रुपमा नभई सुगम र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने : सांसद महेश बस्नेत

पढ्न लाग्ने समय : ४ मिनेट

असोज ५, भक्तपुर । विगतमा विकासका दृष्टिकोणले काठमाडौँ उपत्यकाकै कर्णालीको रुपमा रहेको सूर्यविनायक नगरपालिकाको वडा नं. ९ नंखेल स्थित काँक्रावारीमा निर्वाचित जनप्रतिनिधि आए पश्चात एक पछि अर्को गर्दै विकासले तिव्रता पाएको छ ।

पर्यटकीय दृष्टिकोणले व्यापक सम्भावना बोकेको उक्त स्थानमा शिक्षा, स्वास्थ्य, सडक, पर्यटकीय क्षेत्रको प्रवद्र्धन, इकोभिलेजलगायतका सयौं योजनाहरु स्थानीय तह, प्रदेश सरकार तथा संघिय सरकारले केन्द्रीत गरेको छ । तीनै तहका सरकारको चासो बढ्नुले उक्त स्थानका नागरिकमा विकास र समृद्धिको सपना पुरा हुने क्रमले सार्थकता पाउन थालेको छ ।

सूर्यविनायक नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । सोही अनुसार सूर्यविनायक नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, पुल, ढल, खानेपानीलगायतका भौतिक पूर्वाधारको उल्लेख्य मात्रामा सुधार भएको पाइन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कार्यहरु मानिसको मौलिक अधिकार भित्र रहेका छन् । यसै क्रममा आज काँक्रावारीमा हजारौं स्थानीयवासी लाभान्वित हुने शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । यससँगै उक्त स्थानका जनताले संविधानमा उल्लेख भएको स्वास्थ्यको अधिकारलाई व्यवहारिक रुपमा प्रयोग गर्न पाएका छन् ।

नगरपालिका तथा प्रदेश सरकारको रु. वीस लाखको लागतमा निर्माण गरिएको एक तल्उले उक्त भनवको उद्घाटन कै क्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडकलगायतको साथ साथै पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको भएकोले उक्त स्थानमा पर्यटकीय विकासको लागि आवश्यक पहल गरिदिन जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न मनोरम दृष्यका हिमस्रिङ्खालाहरु समेत अवलोकन गर्न सकिन्छ ।

स्थास्थ्य केन्द्रको उद्घाटनसँगै जनतामा खुसीको बहार आएको छ । वर्तमान निर्वाचित जनप्रतिनिधिले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै एक पछि अर्को गर्दै उक्त स्थानको मुहान नै फर्ने गरी ल्याएको योजनालाई अहोरात्र खटेर सफल बनाउन कुनै पनि कसर पछि नपर्ने स्थानीवासीहरु बताउँछन् । स्थानीयवासी भन्छन्, ‘वर्तमान निर्वाचित जनप्रतिनिधि हाम्रो लागि विकास र समृद्धिको देवता जस्तै हो । नयाँ नयाँ आयामहरु थप भएका छन् । जनताको विकास प्रतिको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै अघि बढ्ने सहि नेतृत्व पाएका छौं । जनप्रतिनिधि प्रति गुनासो हैन, हातेमालो गर्दै अझ बढी जनमुखी कार्य गर्न अनुरोध गर्दछौं ।’

सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिका नेपालकै उदाहरणीय र नमुनायोग्य कार्य गरेको बताउँदै उक्त भवनलाई आगामी वर्षहरुमा तल्ला थप गर्दै अझ बढी व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आज देखी नै उक्त स्वास्थ्य केन्द्रमा ४० वटा भन्दा बढी औषधीहरु निशुल्क रुपमा वितरण गरिने भएकाले स्थानीयवासीले भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । प्रमुख थापाले नगरपालिकाको योजना नै विकट ठाउँलाई आफ्नै कार्यकालमा सुगम बनाउने लक्ष्य रहेको बताउँदै जनताको साथ र सहयोग आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा काँक्रावारी उपत्यकाको कर्णालीको रुपमा नभई सुगम र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभयो ।

पछिल्लो समय विकासले काँक्रावारीलाई खोज्न थालेको बताउँदै सडक, विद्यालय, शहरी स्वास्थ्य केन्द्रको विकासमात्र नभई उक्त स्थानमा मास्टर प्लानका आधारमा विकासको कार्य अघि बढाएको जानकारी गराउनुभयो । उहाँले विकासको लाभ जनताले अधिकतम रुपमा लिनुपर्नेमा समेत जोड दिनुभयो ।

विकासको लागि आवश्यक बजेटको अभाव हुँदैन बताउँदै उहाँले उक्त स्थान पर्यटन र कृषिको प्रचुर मात्रामा सम्भावना बोकेको बताउनुभयो । आधुनिक कृषी प्रणालीको विकास गर्नु अहिलेको आवश्यक रहेको बताउँदै उहाँले उक्त स्थानलाई इको भिलेजको रुपमा अघि बढाउने कार्य अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘साँगादेखी काँक्रवारी आशापुरी, नैचाल, घ्याम्पेडाँडा, रानीकोट हुँदै अनन्तलिङ्गेश्वरसम्मको क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने कुरा सरकारले प्रकृया अघि बढाएको छ । वर्तमान समयमा अन्य ठाउँले काँक्रावारीलाई सहयोग गर्ने गरेको तर आगामी दुई तीन वर्षभित्रमा काँक्रावारीले अरुलाई आर्थिक तथा सामाजिक रुपमा सयोग गर्न सक्ने हुन्छ ।’

उर्जा र उत्साहलाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै उहाँले कसैले आग्रह र पूर्वाग्रह बोकी गरिएको अनावश्यक हल्लाको आयु लामो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनावश्यक रुपमा गरिएको नकरात्मक हल्लाको पछि लाग्नको कुनै अर्थ छैन । आफ्नै आँखा अघि देखिने गरी परिवर्तन भएको छ । पाँच वर्ष पछि काँक्रावारीमा कोही आएको छ भने उसले चिन्न नै गाह्रो हुने गरि विकास भएको छ ।’

प्रतिक्रिया दिनुहोस