- सागर थापार, दाङ
असोज ५, दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कायर्णलय दाङ प्रहरी प्रमुख जनक भट्टराईले कुनैपनि अपराध माथी असनुन्धान गर्ने सवालमा अनुसन्धानलाई प्रभाव पार्नेगरी हुनसक्ने संभावित राजनैतिक दवावलाई आफुले नमान्ने बताउनुभएको छ । उहाले जिल्लामा सबैखाले अपराध सखाप पार्ने बताउनुभएको छ ।
आफ्नै कार्यकक्षमा कुराकानी गर्दे भट्टराईले भन्नुभयो “सूचना दिनुस, प्रहरीले आवस्यक छानबिन गर्दछ । ” आम नागरीकहरुलाई निर्धक्कसंग सूचना दिन पटक पटक आग्रह गर्दै उहाँले आफ्नो अफिसियल मोबइल नम्बर ९८५७८०५५५५ दिंदै सूचना दिनेको पुर्णतयाग गोपनियतासमेत कायम रहने दावी गर्नुभयो ।
आफ्नो २२ बर्षे कार्यकालमा सबै अनुसन्धानहरुमा सफलता हासिल गर्नुभएको एसपि भट्टराईले लागु औषधको प्रयोग तथा व्यापारलाई निमिट्यान्न पार्न विशेष प्रहरी उपरेसन संचालन गर्ने रणनिती बनाई लागू गरेको जानकारी दिनुभयो ।
दाङ जिल्ला संगठित अपराध नहुने जिल्ला भएको भन्दै गुण्डागर्दीलाई टाउको उठाउन नदिने दावि गर्नुभयो । दाङमा केहि पुराना रहस्यमय हत्याकाण्डहरुको पर्दाफास गर्ने सवालमा प्रहरी लागिपरेको छ ” शर्माको थप कथन छ । जिल्लामा रहस्यमय हत्याकाण्ड, संचार उद्यमी हेमराज हत्याकाण्डको केसहरु तर्फ लक्षित गर्दे गरिएको प्रस्नमा भट्टराईले अनुसन्धानमै रहेको” प्रतिकृया दिनुभयो ।
प्रहरी संगठन भित्रको आचरणसुधार देखि लिएर सूचना पाएको लगत्तै प्रहरी मुभ हुने योजनाहरु अघि सार्दे प्रहरीको निर्देशक निती, सिद्धान्तको अधिनमारही प्रहरी साँच्चिकै प्रहरीजस्तै हुने भट्टराईले दावी गर्नुभयो ।
देवानी तथा फौजदारी संहिता २०७४ ले अनुसन्धानको क्रममा केहि जनताको आशा गरे भन्दा धेरै समय लाग्ने देखिएको र यसो हुँदा अनुसन्धानन प्रभावित हुनसक्ने बताउनुभयो ।
नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गएको र शान्तिसुरक्षा अमन चयन कायम गर्न प्रहरी कुनैपनि हालतमा नचुक्ने दावि गर्नुभयो । प्रहरीको काम कार्वाहिमा हातहतियार सहित बाधा हाल्ने कुनैपनि व्यक्ति वा समुहलाई प्रहरीले जवाफि कार्वाहि गर्दे “इन्काउन्टर” समेत हुनसक्ने एसपि शर्माको भनाइ छ ।
देवानी तथा फौजदारी संहिता २०७४ ले पत्रकारीता जगत र प्रहरी विच केहि समस्या खडा हुने हो कि भन्ने प्रस्नमा भट्टराईले सबैले कानुन माने समस्या नहुने बताउनुभयो ।