• २०८१ जेष्ठ ५ गते शनिवार

बालकोटको दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट

 असोज ५ भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी भएको छ आज बिहान ५ बजे कोही नभएको समयमा आआगलागी भएको हो ।

आगलागीका कारण उद्योगका सम्पूर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।उद्योग भित्र रहेको ग्यास सिलिन्डर विस्फोट भएर भिषण आगोलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय अहिले खटिरहेका छन् । जसको लागि जुद्ध वारूण यन्त्रका चारवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।थप विवरण भने आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस