• २०८१ माघ २६ गते शनिवार

गोंगबुबाट १४ जुवाडे पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ५ काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस