• २०८१ जेष्ठ ११ गते शुक्रवार

घुस दिन ल्याइएको रकम सहित अख्तियारको नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ बस्ने गंगालाल श्रेष्ठ घुस दिन ल्याइएको रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन् ।

सुर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर, भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिहरू समेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएकोमा निज गंगालाल श्रेष्ठ धरौटीमा छुटी पुन जुवा तास खेलाउनका लागि सहज वातावरण गराई दिनु पर्‍यो प्रहरीलाई घुस रकम दिन आउदा पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले ४०,०००।– घुस/रिसवत दिन्छु भनी प्रहरी कर्मचारीलाई प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले भक्तपुर नगरपालिका वडा नं. १ बस्ने उनलाई प्रहरी कर्मचारीलाई रू.४०,०००।– घुस दिन खोज्ने क्रममा पक्राउ गरिएको हो । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस