• २०८१ जेष्ठ १४ गते सोमवार

कस्तो हुन्थ्यो यो जिन्दगी ?

पढ्न लाग्ने समय : १ मिनेट
  • देभभक्त धमला

देखेजति सबै पाइनेभए कस्तो हुन्थ्यो यो जिन्दगी ?
खाएजति सबै पचाइनेभए कस्तो हुन्थ्यो यो जिन्दगी ?

साढेसात र नौ ग्रहले दिनसम्म दु:ख दिए ! !
चन्द्रमा सधैं दाहिनेभए कस्तो हुन्थ्यो यो जिन्दगी ?

एकदिन धर्ती छोड्नै पर्छ, माथितिर जानैपर्छ!!
फर्केर फेरि आइनेभए कस्तो हुन्थ्यो यो जिन्दगी?

अरुधेरै आश नगरौं असम्भव छन कतिकति !!!
बाचुन्जेल मात्रै रमाइने भए कस्तो हुन्थ्यो यो जिन्दगी ?

 

प्रतिक्रिया दिनुहोस