भाद्र ५, भक्तपुर । भक्तपुर चागुँनारायण नगरपालिका ८ रानीबारीमा चोरी गरी भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चागुँनारायण नगरपालिका ८ रानीबारीबाट करिब ३ लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स्थनीया ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका बिभिन्न्न गरगहना सहित उक्त रकम बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।